८ मंसिर, २०८१ शनिबार
03:29:42 AM
९ असार, २०७९
सेयर बजार घट्दा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँको कारोबार
काठमाण्डौं । लगातार सेयर बजार ओरालो लागिरहेको छ । बिहीबार पनि सेयर बजारमा भारी गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ४५.२५ अंकले घटेर नेप्से परिसूचक १ हजार ८ सय ४८.२८ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँको कारोबार भएको छ भने ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै आज सबै उपसमुह घटेका छन् । कम्पनीतर्फ आधीखोला लघुवित्त वित्तीय संस्थामा सर्किट ब्रेक लागेको छ भने सिवाईसी लघुवित्त वित्तीय र्सस्था ९.९९ प्रतिशत र एनआइसी एशिया ब्यालेन्स फण्ड ३.९४ प्रतिशतले बढेको छ ।
लगातार सेयर बजार घट्दा लगानीकर्ता निकै आतिएका छन् । जसका कारणले उनीहरु सडकमा उत्रिन बाध्य भएका छन् ।