८ मंसिर, २०८१ शनिबार
03:03:10 AM
९ असार, २०७९
काठमाडौं । आमरण अनसनमा बसिरहनु भएका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले समस्या समाधान समिति गठन भएर आफूले अगाडि बढाएको १९ बुँदे मागहरु कार्यान्वयनको खाकामा सहमत नभएसम्म आमरण अनसन नतोडिने बताउनुभएको छ ।
कुनै बहानाबाजी नगरी तत्काल समिति गठन र समस्या समाधानबारे अघि बढ्न बिहीबार उहाँले धितोपत्र बोर्डको नाममा एक प्रेस विज्ञप्ति सार्वजनिक गर्नुभएको हो । हिजो (असार ८ गते बुधबार ) नेपाल धितोपत्र बोर्डले आमरण अनसन बस्नुभएका लगानीकर्ता तिलक कोइरालालाई पत्र पठाउदै अनसनको अन्त्य गरेपछि मात्रै समस्या समाधान समिति गठन गर्ने जनाएको थियो । सो पत्रको जवाफ दिंदै कोइरालाले उक्त कुरा बताएका हुन् ।
साथै, उहाँले समस्या समाधान समितिमा कस कसलाई पठाउने भन्ने कुरा धितोपत्र बोर्डको छनौटको कुरा नभई संघर्ष समितिको संयोजकको अधिकार क्षेत्र भित्रको कुरा भएकाले त्यहाँबाट शर्त हटाई सुधारिएको दोस्रो पत्र प्राप्त भएपश्चात् यस समितिबाट सात जनाको नाम पठाइने विज्ञप्तिमा उल्लेख छ ।
पूँजी बजारको अहिलेको संवेदनशिलता, जटिलता, विग्रदो अवस्था र अनशनरत स्वास्थ्य अवस्था विचार गरी आजै समिति गठन, बैठक, खाका तयार र हस्ताक्षर गरी आमरण अनशन तोडेर आम लगानीकर्ताहरुको मनोभावना सुदृढ बनाउन आँतुर रहेको उहाँले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।