२० बैशाख, २०८१ बिहिबार

07:41:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तराष्ट्रिय ओलम्पिक डेः नेपालमा पनि भव्यताकासाथ मनाइदै

Nepal Business

९ असार, २०७९

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ ।

 अन्तराष्ट्रिय ओलम्पिक डेः  नेपालमा पनि भव्यताकासाथ मनाइदै

काठमाण्डौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ विहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक दिवस मनाउने जनाएको छ ।

कमिसनले लगनखेलस्थित नेपाली सेना खेलकुद तथा शारीरिक तालिम केन्द्रमा दिउसो विविध कार्यक्रम आयोजना गर्दैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ ।

पहिलो पटक हुन लागेको यस अवार्डमा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट पुरुष र महिला प्रशिक्षक तथा उत्कृष्ट राष्ट्रिय खेल संघ गरेर ५ विधामा अवार्ड प्रदान गरिनेछ ।

यसैगरी खेलकुद पत्रकारिता सँग जोडिएको छापा, मल्टिमिडिया, भिजुअल मिडिया र फोटो पत्रकारितातर्फ पनि अवार्ड प्रदान गरिनेछ ।

आधुनिक ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर हरेक वर्षको जुन २३ मा ओलम्पिक दिवस मनाउने गरिन्छ । स्पोर्ट्स फर अल कमिसनले गत २२ जेठदेखि नै नेपालमा विभिन्न कार्यक्रम गरी ओलम्पिक दिवस मनाउन सुरु गरेको थियो ।