२२ कार्तिक, २०८१ बिहिबार
01:10:56 PM
९ असार, २०७९
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १७ औँ वार्षिक साधारण सभा असार २९ गते, अमृतभोग क्याटरिङ कालिकास्थान, डिल्लीबजार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।
साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धिको बिशेष प्रस्ताव समेत पारित गर्नुका साथै मर्जर सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितीलाई दिने छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार १५ गते १ दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।