८ मंसिर, २०८१ शनिबार
03:43:28 AM
८ असार, २०७९
लगानीकर्ताको तर्फबाट कसलाई सिफारिस गर्ने भन्ने कुरा तिलक कोइरालाको एकल निर्णय हुनेछ ।
काठमाण्डौं । पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला विभिन्न १९ बुँदे मागसहित ८ दिनदेखि आमरण अनशन बसिरहनु भएको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले कार्यान्वयन समिति गठन गर्ने घोषणा गरेसँगै आजै अनसन तोडिन सकिने भएको छ । तर अनसन तोड्ने नतोड्ने भन्ने निर्णय भने कोइरालाको एकल निर्णय हुनेछ ।
धितोपत्र बोर्डले लगानीकर्ताहरूका माग सम्बोधन एवमं कार्यान्वयन गर्न कार्यान्वयन समिति गठन गर्ने भएको छ । उक्त समितिमा लगानीकर्ताहरूको तर्फबाट ४ देखि ५ जना र सेबोनको तर्फबाट २ जना हुनेछन् ।
लगानीकर्ताको तर्फबाट कसलाई सिफारिस गर्ने भन्ने कुरा तिलक कोइरालाको एकल निर्णय हुनेछ ।
उक्त कार्यान्वयन समितिका सदस्यहरू छलफलमा सहभागी हुनेछन् । सो समितिले कुनकुन काम कुन मिति भित्र सम्पन्न गर्ने भन्ने कुरा तय गर्नेछ ।