२५ बैशाख, २०८१ मंगलबार

05:03:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सडक व्यापारले जग्गा किनायो, घरपरिवार राम्रोसंग चलेको छ

२३ पुस, २०७८

सडक व्यापारले जग्गा किनायो, घरपरिवार राम्रोसंग चलेको छ

काठमाण्डौं, पुस २३
सृजना राउत

कोटेश्वरमा तरकारी पसल गर्दै आउनुभएकी यशोदा ढकाल हरेक दिन विहान ४ बजे तरकारी किन्न कालिमाटी पुग्नुहुन्छ । तरकारी खरिद गरेपछि उहाँ सोझै आफ्नो डेरातिर लाग्नुहुन्छ, डेरामा रहेका आफ्ना छोराछोरी र श्रीमानका लागि खानको जोहो गर्नुहुन्छ र पुग्नुहुन्छ कोटेश्वर चोकको सडक छेउँमा नियमित तरकारी बेच्ने कर्मका लागि । 
‘उँहा कालिमाटीबाट तरकारी लिएर कोठामा पुग्नुहुन्छ, छोराछोरीलाई स्कुल पढाउनुपर्छ’, उँहाले भन्नुभयो, ‘सबैका लागि खाना पकाउनु प¥यो फेरी तरकारी बेच्न पनि आउनुपर्छ।’
छोराछोरीलाई स्कुल पठाएर उहाँ तरकारी बेच्न कोटेश्वरको आकाशेपुल आईपुग्नुहुन्छ। उहाँ हरेक दिन आकाशेपुल नजिक तरकारी बेच्नुहुन्छ। उहाँको यो दैनिकी नै हो। 
उँहाको दैनिकी विगत १५ वर्षदेखि यसरी नै चलिरहेको छ । १७ वर्षमा विहे भयो । त्यसपछि श्रीमानसँगै काठमाण्डौं आए’, उहाँले भन्नुभयो । 

एक जनाको कमाइले खान, कोठाभाडा तिर्न गह्रो भयो’, उहाँले भन्नुभयो, ‘त्यसपछि मैले पनि केहि गर्नुपर्छ भन्ने लागेर तरकारी बेच्न सुरु गरे।’
तरकारी बेचेरे उहाँले सुरुवाती दिनमा दैनिक ५ सय देखि ८ सयसम्म कमाउनु भयो । तरकारीमा राम्रो कमाई देखेपछि उहाँले विस्तारै तरकारीमा लगानी थप्दै जानुभयो।
 

काठमाण्डौंमा केहि महिना उँहा डेरामा नै बस्नुभयो । काम गरेको बानी भएकाले घरमै बस्न मन लागेन उहाँले भन्नुभयो त्यसपछि सजिलो पनि आफुले सक्ने पनि यही काम गरिरहेकी छु ।  
‘सधै  यतिकै बसेर मात्रै  हुँदैन। एक जनाको कमाइले खान, कोठाभाडा तिर्न गह्रो भयो’, उहाँले भन्नुभयो, ‘त्यसपछि मैले पनि केहि गर्नुपर्छ भन्ने लागेर तरकारी बेच्न सुरु गरे।’
तरकारी बेचेरे उहाँले सुरुवाती दिनमा दैनिक ५ सय देखि ८ सयसम्म कमाउनु भयो । तरकारीमा राम्रो कमाई देखेपछि उहाँले विस्तारै तरकारीमा लगानी थप्दै जानुभयो। 
‘व्यवसायमा कहिले घाटा कहिले नाफा त हुन्छ नै। तर पनि मैले लगानी थप्दै गए। अहिले हरेक दिन मैले २० हजार रुपैयाँको तरकारी ल्याउछु। त्यसबाट दिनको ३५ सय देखि ५ हजारसम्मको कारोबार हुन्छ’, उहाँले भन्नुभयो। उहाँका अनुसार सबै खर्च कटाएर मासिक २० हजार रुपैयाँ आम्दानी हुन्छ। 


तरकारीबाट भएको कमाइ र श्रीमानको कमाईले छोराछोरीलाई राम्रो पढाउन र घरपरिवार चलाउन पुगेको उहाँ बताउनुहुन्छ ।  यतिमात्र होइन, उहाँले तरकारीको कमाई र श्रीमानको कमाईबाट दुई वर्ष अघि झापामा जग्गा किन्नुभएको छ ।  अब उहाँको घर बनाउने योजना छ । सानै भए पनि आफ्नै घर बनाउने इक्षा छ । हेरौँ कहिले पुरा हुन्छ’, उहाँले भन्नुभयो । 
उँहाका अनुसार घर व्यवहारको जिम्मेवारी एउटैको काधमा थप्नुभन्दा श्रीमान ९श्रीमती मिलेर काम गर्दा घर व्यवहार चलाउन सजिलो हुन्छ। ठूला–ठूला समस्या पनि साना लाग्ने उँहाको अनुभव छ ।