८ बैशाख, २०८१ शनिबार

02:13:36 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

Nepal Business

२६ फागुन, २०७९

पोखरा महानगरको सहयोगमा मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादिन सामग्री प्रदर्शनीसँगै उक्त कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो । विसं २०३२ मा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिकरुपमा विपन्न, अपागङ्ता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनाका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले जानकारी दिनुभयो ।

 नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ ।

    ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो । नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उहाँले बताउनुभयो ।
    
    कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ । उहाँका अनुसार मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ । सोह्र मिटर लामो कार्पेटसँगै डेढ मिटरका अन्य २४ वटा साना नेचुरल कार्पेट पनि तयार गरिएको छ ।

    ब्रिटिश काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपाङ्गता भएका एवं पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ ।

 “कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकेका छैनौँ”, उहाँले भन्नुभयो, “विभिन्न देशमा यसलाई प्रदर्शन गर्ने हाम्रो योजना अनुसार बेलायतबाट यसको सुरुआत गर्नेछौँ ।” उहाँका अनुसार प्रदर्शनीपछि यसलाई बेलायतकै विश्वविद्यालयमा राखिने छ । प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिनेछ । 