१५ बैशाख, २०८१ शनिबार

07:20:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महोत्सवले बढाएको व्यापार सम्झदा...

Nepal Business

७ माघ, २०७९

महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउनुहुन्छ ।

महोत्सवले बढाएको व्यापार सम्झदा...

नुवाकोट, 

म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहनुभएको छ  ।

“उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक रु एकलाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको थियो । अहिले रु ५० हजार आम्दानी हुन मुस्किल छ”, उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठूलो राहत पुग्ने गरेको छ ।

विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहनुभएको उहाँले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिनुहुन्छ ।

महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउनुहुन्छ । 

“उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक रु एकलाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको थियो । अहिले रु ५० हजार आम्दानी हुन मुस्किल छ”, उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठूलो राहत पुग्ने गरेको छ । 
महोत्सबबाट ढाकाको झोलाले राम्रो बजार पाएर उत्साहित हुन्थे । महोत्सवको समयमा रातभरि झोला बुनेको याद सम्झदा पनि आनन्द लाग्छ ।”

कोलोनीमा नै रजनी थापाले कुसन तथा गुडिया बनाउने उद्योग सञ्चालन गर्दै आइ राख्नुभएको छ  । उत्पादित कुसन तथा गुडियाले उद्योगबाटै बजार पाइरहेको छ । उद्योग सञ्चालन गर्नुको साथै उहाँ नै तालिम दिनलाई गाउँ बस्तीसम्म पुग्नुहुन्छ । 

उहाँले भन्नुभयो, “जिल्लामा हुने सबै मेला महोत्सवमा मैले बनाएको कुसन तथा गुडिया प्रदर्शन र बिक्रीको लागि राख्ने गरेकी छु । व्यापार चित्त बुझ्दो नै हुन्छ ।” मेरो उद्योगमा उत्पादित सामग्रीलाई बजारको खासै समस्या छैन । सामग्री उत्पादन गर्न मेला महोत्सवले उत्साह÷जागर थपिदिन्छ ।

विदुर नगरपालिका–१२ मा ‘ज्ञानु क्याण्डी उद्योग’ सञ्चालन भइरहेको छ । विसं २०७२ मा लप्सीको परिकार बनाउने तालिम लिएर उद्योग सञ्चालन गर्नुभएको ज्ञानु तामाङलाई महोत्सवले नै व्यवसायीको रुपमा परिचित गराएको हो । 

“व्यवसाय सञ्चालन गरेको सुरुवाती वर्षमा लगानी उठ्न मुस्किल हुन्थ्यो । बजारको समस्या थियो । बजार चिन्ने मौका मलाई महोत्सवले नै दिएको हो”, उहाँले भन्नुभयो, “साना ठूला केही कार्यक्रम हुँदा पनि प्रदर्शनीमा राख्न प¥यो तपाईको उद्योगको उत्पादन भनेर जानकारी आउने गरेको छ ।

 हाल बजारको खासै समस्या छैन । मागअनुसार उत्पादन गर्न भने मुस्किल छ ।”