६ बैशाख, २०८१ बिहिबार

08:49:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुलुकको समृद्धिका लागि युवाहरुलाई उद्यमशिलतामा जोड्नै पर्छ : कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत

Nepal Business

८ फागुन, २०७९

लाखौं युवाहरुलाई देशभित्रै उद्यमशील नबनाउने हो भने मुलुक आर्थिक हिसाबले अघि बढ्न नसक्ने

मुलुकको समृद्धिका लागि युवाहरुलाई उद्यमशिलतामा जोड्नै पर्छ : कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले मुलुकको समुद्धिका लागि उद्यमशीलताको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।

त्यसका लागि युवाहरुलाई उद्यमी बनाउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष बस्नेतले सरकारले सोही अनुसारको योजना अघि बढाउनुपर्ने बताउनुभयो ।

काठमाडौँको कागेश्वरी महोहरा नगरपालिकामा आयोजित  सातदिने उद्यमशीलता र वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षणको समापनका अबसरमा उपाध्यक्ष बस्नेतले भन्नुभयो, 'अब तिनै तहका सरकारले उद्यमशिलता बढाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रममा जोड दिनुपर्दछ।'

लाखौं युवाहरुलाई देशभित्रै उद्यमशील नबनाउने हो भने मुलुक आर्थिक हिसाबले अघि बढ्न नसक्ने उहाँले दावी गर्नुभयो । 

काठमाडौँको कागेश्वरी महोहरा नगरपालिकामा आयोजित  सातदिने उद्यमशीलता र वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षणको समापनका अबसरमा उपाध्यक्ष बस्नेतले भन्नुभयो, 'अब तिनै तहका सरकारले उद्यमशिलता बढाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रममा जोड दिनुपर्दछ।'

उक्त कार्यक्रम कागेश्वरी मनोहरा  नगरपालिका र राष्ट्रिय वाणिज्य वैंकसँगको सहकार्यमा राष्ट्रिय युवा परिषदद्वारा आयोजना गरिएको थियो । कार्यक्रमको समापन समारोहमा नगरपालिकाका उपमेयर शान्ता थापाले युवालाई उद्यमी बनाउन नगरपालिले कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो ।  

कार्यक्रममा युवाहरूलाई उद्यमशीलता, वित्तीय साक्षरता , सहुलियतपूर्ण कर्जा र व्यावसायिक परियोजनालगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।