८ मंसिर, २०८१ शनिबार
03:15:23 AM
८ असार, २०७९
बजारमा आम लगानीकर्ताको मनोबल बढाउन तत्काल सुधारका कार्यक्रम आउनैपर्ने लगानीकर्ताहरुले बताउँदै आइरहेका छन् ।
काठमाडौं । सेयर बजारमा हरियाली एक दिन पनि टिक्न सकेको छैन् । निरन्तर घटिरहेको बजारमा मंगलबार लगानीकर्ताहरुमा थोरै आशा जागेको थियो तर उनिहरुको आशा २४ घण्टा बित्न नपाउँदै निराशामा परिणत भएको छ । बुधबार नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा बन्द भएको छ ।
बुधबार ८४ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबार केही सुधार भएको बजार बुधबार फेरि ओरालो यात्रामै लागेको हो । सरकारबाट तत्काल सुधारका कार्यक्रम आउने अपेक्षा रहेका लगानीकर्तामा पुनः निराश छाएको छ । मंगलबार धितोपत्र बोर्डले पत्रकार सम्मेलनमार्फत आफुहरुको माग सम्बोधन हुने आशा लिएका लगानीकर्ताहरुमा बोर्डको अस्पष्ट सम्बोधनले उनिहरुमा शिथिलता छाएको छ ।
त्यसको अशर बुधबारको बजारमा देखिएको छ । सरकार र नियामक निकायले पुँजीबजार सुधारको लागि केहि कदम नचाल्दा लगानीकर्ताहरुको मनोबल खस्किदै गएको छ । लगानीकर्ताहरुले बजार सुधारका लागि तत्काल कदम चाल्न माग गरेका छन् । तर अहिलेसम्म सरकार र नियामक निकायबाट यस्को कुनै पहल र प्रयास भएको देखिदैन् । सोही कारण आम लगानीकर्ताको मनोबल खस्किएको हो।
पुँजी बजारमा थुप्रै समस्या रहेका लगानीकर्ताहरुले बताउँदै आइरहेका छन् । तर थुप्रै समस्याहरुबिच पनि प्रमुख समस्या भनेको सेयर धितो कर्जामा ४/१२ को सीमा भएको लगानीकर्ताहरु बताउछन् । बजार सुधारका लागि तत्काल ४/१२ को क्याप हटाउनुपर्ने उनीहरुको माग रहेको छ ।
सेयर बजार निरन्तर घटेपछि अहिले आम लगानीकर्ता सडक आन्दोलनमा उत्रिएका छन् । विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ८ दिनदेखि आमरण अनसनमा बस्नुभएको छ ।
कोइरालाको अनसनसँगै लगानीकर्ताहरुले माग पुरा नभएसम्म अन्य दबाबमूलक कार्यक्रम जारी राखिरहेका छन् । तर अहिलेसम्म सरकार र नियामक निकायले उहाँको माग सुनुवाई गरेको छैन । बजार सुधारका लागि तत्काल राष्ट्र बैंकले सर्कुलर जारी गर्नुपर्ने लगानीकर्ताहरुको भनाई रहेको छ ।
बजारमा आम लगानीकर्ताको मनोबल बढाउन तत्काल सुधारका कार्यक्रम आउनैपर्ने लगानीकर्ताहरुले बताउँदै आइरहेका छन् । ब्याजदर वृद्धि र तरलता संकटले पनि सेयर बजार विस्तारमा बाधा पुर्याईरहेको छ । यसआधारमा राट्र बैंकले तरलता सहज हुने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने हुन्छ । यसो हुन सकेमा सेयर बजारले गति लिनेछ ।
निरन्तर सेयर बजार घटेर नेप्से परिसूचक १ हजार ८ सय ९३.५३ विन्दुमा आइपुगिसकेको छ । अहिले आम लगानीकर्ताहरुमा आगामी दिनमा बजार के होला ? भन्ने चिन्ताको बिषय बनेको छ ।