८ मंसिर, २०८१ शनिबार
03:38:51 AM
८ असार, २०७९
काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बुधबार नेप्से ३१.२१ अकंले घटेर १८९३.५३ बिन्दुमा बन्द भएको हो । बुधबार ग्लोबल आईएमई स्किम १ र आँधिखोलाको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बुधबार सानिमा लार्ज क्याप, शिव श्री हाईड्रोपावर, एनआईबिएल समृद्धि फण्ड, तेह्रथुम पावर, सिद्धार्थ स्किम फण्ड, नबिल डिभेञ्चर २०८५ र सबैको लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।
त्यस्तै, बुधबार सर्वाधिक गुमाउने कम्पनीमा यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर रहेको छ । कम्पनीको शेयर बुधबार ६.४८ प्रतिशतले घटेको हो । साथै, हिमाल दोलाखा हाइड्रोपावरको ५.६२ प्रतिशत, घलेम्दी हाइड्रोको ५.५६ प्रतिशत, हिमालयन उर्जा विकासको ५.४५ प्रतिशत र सिन्धु विकास बैंकको ५.३४ प्रतिशतले सेयर घटेको हो ।