८ मंसिर, २०८१ शनिबार
03:18:50 AM
८ असार, २०७९
आज ३० लाख ३४ हजार ४८३ कित्ता सेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार
काठमाण्डौं । एक दिन बढेको सेयर बजार फेरी ओरालो लागेको छ । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ३१.२१ अंकले घटेर नेप्से परिसूचक १ हजार ८ सय ९३.५३ विन्दुमा झरेको छ ।
सेयर बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । आज ३० लाख ३४ हजार ४८३ कित्ता सेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार भएको छ ।
यस्तै आज सबै उपसमुह घटेका छन् । कम्पनीतर्फ ग्लोबल आइएमई सम्मुनत स्कीम र आधीखोला लभुवित्त वित्तीय संस्थामा सर्किट ब्रेक लागेको छ भने नबिल इक्विटी फण्ड ४.२१ प्रतिशतले बढेको ।