८ मंसिर, २०८१ शनिबार

03:24:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकसहित बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

८ असार, २०७९

नबिल बैंकसहित बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयरबजार पुःन घटेको छ । अघिल्लो दिन मंगलबार हरियाली छाएको सेयरबजार बुधबार ३१.२१ अंकले घट्न पुगेको छ । बुधबार २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नबिल बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । बैंकको यसदिन ३ करोड ३९ लाख ६६ हजार ५४९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, बुधबार नेपाल बैंकको २ करोड ६७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख, एनसीसी बैंकको २ करोड ५४ लाख र एनआइसी एशिया बैंकको २ करोड ४९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।