८ मंसिर, २०८१ शनिबार
03:32:25 AM
८ असार, २०७९
नेप्सेमा जानकी फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा जानकी फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो
नेप्सेमा जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको ९ लाख ६ सय १७ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।