८ मंसिर, २०८१ शनिबार
03:15:58 AM
८ असार, २०७९
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले आज (असार ८ गते बुधबार) देखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये, इलाम नगरपालिका वडा नं १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता छुट्याइएको छ ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि छिटोमा असार २२ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले उक्त आईपीओमा नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।