८ मंसिर, २०८१ शनिबार
04:10:12 AM
८ असार, २०७९
आगामी साउनदेखि मर्जर र एक्विजिशनका नाममा कुनै पनि कम्पनीको सेयर कारोबार रोक्का नहुने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण सेयर बजार निरन्तर घटेको बताउनुभएको छ । मंगलबार धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा सेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विज्ञहरुसँग लिएको रायको आधारमा अहिले बजार घटेर सेयर लगानीकर्तालाई अफ्ठ्यारो अवस्था सिर्जना हुनुमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ल्याएको मौद्रिक नीतिमा सेयर धितोकर्जामा ४/१२ को नीतिको कारण हो जस्तो लाग्छ । विज्ञहरुले पनि त्यही भन्छन्।’
साथै, अध्यक्ष हमालले आगामी साउनदेखि मर्जर र एक्विजिशनका नाममा कुनै पनि कम्पनीको सेयर कारोबार रोक्का नहुने बताउनुभएको छ । ‘अहिले मर्जर र एक्विजिशनका नाममा बर्षोसम्म लगानीकर्ताको सम्पती बन्धक भएको छ यो लगानीकर्तामाथिको अन्याय हो, उहाँले भन्नुभयो, ‘अहिले यो बिषयमा हामिले राष्ट्र बैंकसँग कुराकानी गरिसकेका छौ राष्ट्र बैंकको एउटा ऐन संसोधन गर्नुपर्ने छ साउनको अन्तिमबाट कम्पनीको कारोबार रोक्का हुने छैन ।’