८ मंसिर, २०८१ शनिबार
04:03:41 AM
८ असार, २०७९
आईपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासनकर्ता कम्पनीको वेबसाइट तथा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा सम्पन्न भएको हो ।
कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख १ हजार ९ सय ७५ जना लगानीकर्ताहरूले १० कित्ताका दरले र बाँकी ९ जनाले ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी १३ लाख ६२ हजार ५ सय ३६ जनाको भने हात खाली भएको छ ।
आईपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासनकर्ता कम्पनीको वेबसाइट तथा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।