८ मंसिर, २०८१ शनिबार
04:29:56 AM
७ असार, २०७९
१९ बुँदेमा समावेश भएका कतिपय मागहरू सम्बोधनका लागि बोर्डले कार्य सुरू गरिसकेको छ ।
काठमाण्डौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताहरूको १९ बुँदे माग ३ महिनाभित्र कार्यान्वयन हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सेबोनद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यो प्रतिवद्धता जाहेर गर्नु भएको हो। उहाँले १९ बुँदेमा समावेश भएका कतिपय मागहरू सम्बोधनका लागि बोर्डले कार्य सुरू गरिसकेको बताउनु भएको छ ।
त्यसैगरी, बोर्डले अन्य मागहरू सम्बोधन गर्न पनि सम्बन्धित निकायमा पहल गरेको उहाँले जानकारी दिनुभयो ।