१७ बैशाख, २०८१ सोमबार

12:54:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित गर्नुपर्नेः क्यान

Nepal Business

७ असार, २०७९

क्यानले ५५ वटा जहाज र हेलिकप्टरहरूलाई दस वटा विमानस्थलमा रात्रि पार्किङका लागि तोकेको छ।

अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित गर्नुपर्नेः क्यान

काठमाण्डौं ।  नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलको क्षमता अनुसार बाहिर पठाउन निर्देशन दिएको जनाएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा आन्तरिक विमानको पार्किङ क्षमता छ। तर अहिले विमानस्थलमा ३४ वटा जहाज पार्किङ भइरहेका छन्।

अन्तर्राष्ट्रिय २३ वटा जाहाज पार्किङ गर्न मिल्ने गरी निर्माणको काम भइरहेको छ। डेढ वर्षभित्र काम सम्पन्न हुन्छ, विमानस्थल आयोजनाका प्रमुख दिपेन्द्र श्रेष्ठले बताउनु भयो । त्यसपछि अहिले तोकेको आधार बेस हेरफेर गर्न पनि सकिन्छ।

यसअघि क्यानले गत आइतबार विमानस्थल व्यवस्थापन र सुदृढीकरणका लागि जहाज र हेलिकप्टरहरूले तोकिएको विमानस्थल आधारबाट पहिलो उडान गर्नुपर्ने बताएको थियो।

काठमाडौं बाहिरका विमानस्थल पनि सुरक्षित रहेको र हवाई क्षेत्रको विकासका लागि यो अनिवार्य रहेको क्यानका महानिर्देशक अधिकारीले बताउनुभयो। 

त्यसलगत्तै सोमबार क्यानले कुन विमानले कुन विमानस्थलमा पुगेर रात्रि पार्किङ गर्ने भनेर वायु सेवा कम्पनीलाई निर्देशन सहितको पत्र पठाएको थियो। 

क्यानले ५५ वटा जहाज र हेलिकप्टरहरूलाई दस वटा विमानस्थलमा रात्रि पार्किङका लागि तोकेको छ। जसमा चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने हुन्छ।

यो निर्णयका लागि सम्बन्धित विमानस्थल तयार रहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताउनु भयो । यद्यपि वायु सेवा कम्पनीहरूले सञ्चालनमा रहेका र नरहेका सबै जहाज ठाउँ ओगटेर राखेको समेत बताउनुभयो।

काठमाडौं बाहिरका विमानस्थल पनि सुरक्षित रहेको र हवाई क्षेत्रको विकासका लागि यो अनिवार्य रहेको क्यानका महानिर्देशक अधिकारीले बताउनुभयो। यद्यपि क्यानको यो निर्णयप्रति वायु सेवा कम्पनीहरूले विरोध गरेका छन्।

वायु सेवा सञ्चालक संघले मंगलबार प्रेस सम्मेलन गर्दै भोलि (बुधबार)बाट सबै उडान बन्द गर्ने निर्णय गरिसकेको छ।

 

अव ५५ वटा जहाज र हेलिकप्टर राती पार्किङका लागि काठमाडौं बाहिर जानुपर्ने निर्णय गरिएको छ ।