८ मंसिर, २०८१ शनिबार
04:05:10 AM
७ असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्स कम्पनीको ४.२० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३ सय ५२ रूपैयाँ २१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ६७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । अब बुधबारबाट सानिमा लाइफको सेयर कारोबार सोही मूल्यलाई आधार मानेर खुल्नेछ ।
कम्पनीको चौँथो वार्षिक साधारण सभा असार २० गते, स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।