८ मंसिर, २०८१ शनिबार

04:34:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हरियाली सेयर बजारमा मंगलबार यी कम्पनीका लगानीकर्ताले कमाए-गुमाए

७ असार, २०७९

मंगलबार आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

हरियाली सेयर बजारमा मंगलबार यी कम्पनीका लगानीकर्ताले कमाए-गुमाए

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयरबजारमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक ३७।४९ अकंले बढेर १९२२।३० बिन्दुमा बन्द भएको छ । यसदिन २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, रिभर फल्स, शिव श्री, एनएमबी हाईब्रिड फण्ड, हिमाल दोलखा पावर, इन्फिनटी लघुवित्त र हिमालयन उर्जाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

मंगलबार सर्वाधिक गुमाउने कम्पनीमा नबिल ब्यालेचड फण्ड रहेको छ । फण्डले आज २.९३ प्रतिशतले गुमाएको हो । साथै, तेह्रथुम पावरको २.८७ प्रतिशत, एनआइसि एशिया ब्यालेचडको २.५९ प्रतिशत र लक्ष्मी इक्वाटी फण्डको २.५० प्रतिशतले घटेको हो ।