८ मंसिर, २०८१ शनिबार
04:36:43 AM
७ असार, २०७९
सोमबार नेपाल टेलिकमको सेयर सर्वाधिक खरिदबिक्री भएको छ ।
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयरबजारमा हरियाली छाएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको पुँजीबजारमा मंगलबार अचानक बढेको छ ।
सोमबार सेयरबजार घटेर १८ सयको विन्दुमा आएको थियो । मंगलबार सेयरबजार १.९९ प्रतिशतले बढेर १९ सयको विन्दुमा पुगेको छ । मंगलबार नेप्से परिसूचक ३७.४९ अकंले बढेर १९२२.३० बिन्दुमा बन्द भएको छ । यसदिन २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेपाल टेलिकमको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । यसदिन कम्पनीको ११ करोड ५९ लाख ७३ हजार ६४९ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, मंगलबार नबिल बैंकको ४ करोड ३१ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २४ लाख र एनआइसी एशिया बैंकको ३ करोड १८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।