८ मंसिर, २०८१ शनिबार

04:22:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली, ३७.४९ अंकले बढ्यो

Nepal Business

७ असार, २०७९

सेयर बजार बढ्दा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार

सेयर बजारमा हरियाली, ३७.४९ अंकले बढ्यो

काठमाण्डौं । लगातार ओरालो लागिरहेको सेयर बजारमा मंगलबार हरियाली छाएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ३७.४९ अंकले बढेर नेप्से परिसूचक १ हजार ९ सय २२.३० विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर बजार बढ्दा आज १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको छ भने ३७ लाख १२ हजार ७४६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसमुह बढेका छन् । सबैभन्दा बढि विकास बैंक उपसमुह ३.८९ प्रतिशतले बढेको छ । 

कम्पनीफर्त आधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी ९.९९ प्रतिशतले बढेका छन् भने सप्तकोशी  विकास बैंक ९.९८ प्रतिशतले बढेको छ ।