८ मंसिर, २०८१ शनिबार
04:13:31 AM
७ असार, २०७९
नेप्सेमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ४ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
१. नेपाल पुनर्बीमा कम्पनी लिमिटेड
नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १६.५० प्रतिशत बोनस बापतको १ करोड ६५ लाख कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
२. नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड
नेप्सेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १८.५२५ प्रतिशत बोनस बापतको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
३. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस बापतको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।
४. एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १२ लाख ६ हजार १३ दशमलव ०५ कित्ता सेयर सूचिकृत भएको हो ।