८ मंसिर, २०८१ शनिबार
04:24:49 AM
७ असार, २०७९
उहाँलाई सास फेर्न गाह्रो हुने, टाउको दुःख्ने, जीउ दुःख्ने, रिंगटा लाग्ने ज्वरो आउने र वान्ता हुने लगायतका समस्या देखिएका छन्।
काठमाडौं । आमरण अनशन बस्नुभएका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पाटन अस्पतालमा भर्ना गरिएको छ । १९ बुँदे मागसहित विगत ७ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका कोइरालाको स्वास्थ्य अवस्था गम्भिर भन्दै गएपछि उहाँलाई उपचारको लागि पाटन अस्पताल भर्ना गरिएको हो ।
उहाँलाई सास फेर्न गाह्रो हुने, टाउको दुःख्ने, जीउ दुःख्ने, रिंगटा लाग्ने ज्वरो आउने र वान्ता हुने लगायतका समस्या देखिएका छन्। कोइरालाले पहिलेदेखि नै सुगर र प्रेसरको औषधि खादै आउनुभएको थियो । कोइरालाको सुगर प्रेसरको मात्र अत्यान्त न्यून भएको डाक्टरले बताएका छन् । कोइराला विभिन्न १९ बुँदे मागहरुसहित असार १ गते बुधबारदेखि धितोपत्र बोर्ड अगाडी आमरण अनशन बसिरहनु भएको छ। कोइरालाको अनसनसँगै लगानीकर्ताहरुले माग पुरा नभएसम्म अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छन।