४ जेठ, २०८१ शुक्रबार

09:34:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'मोटरसाइकल भेटिन्छ भनेर सोचे कै थिएन'

२२ पुस, २०७८

'मोटरसाइकल भेटिन्छ भनेर सोचे कै थिएन'

२१ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा हराएका २६ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । हराएर अर्काे बाइक किनिसकेका केही व्यक्तिले भने मोटरसाइकल भेटिन्छ भनेर नसोचेको प्रतिक्रिया दिनुभएको छ ।

पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कलङ्की, बसपार्कलगायत स्थानबाट ति मोटरसाइकल हराएको थियो ।

महाशाखाले  विहिबार १७ मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो  उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कलङ्की, बसपार्कलगायत स्थानबाट ति मोटरसाइकल हराएको थियो ।

महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना सङ्कलन गरी मोटरसाइकल फेला पारेको हो ।

चालु आर्थिक वर्ष २०७८÷७९ मा हराएका २२३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई कारबाहीका लागिा सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको छ ।