८ मंसिर, २०८१ शनिबार
04:39:40 AM
७ असार, २०७९
माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ ।
काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनी लिमिटेड र माइ खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । दुवै कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन सुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्दा प्रिमियम मुल्यमा सेयर जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले एक कार्यक्रम आयोजना गरी कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो । सम्झौतामा माण्डु हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ ।
त्यसैगरी, प्रभु क्यापिटल लिमिटेडले माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री प्रबन्धकमा गर्ने भएको छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।
आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ । माइखोला हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रितेश रजक तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ ।