९ मंसिर, २०८१ आइतबार

02:57:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

७ असार, २०७९

सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (असार ७ गते मंगलबार) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने भएको छ । आज (मंगलबार) सम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले असार २० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा असार २० गते स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सुरु हुनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब रुपैयाँको आधारमा कुल ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २२ प्रतिशत नगद लाभांश गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त प्रस्तावित लाभांश आज (मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम सेयधरनीहरुले साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।