८ मंसिर, २०८१ शनिबार

04:22:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

७ असार, २०७९

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा अब असार १० गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले प्रतिसेयर १०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।