७ मंसिर, २०८१ शुक्रबार
03:27:27 PM
७ असार, २०७९
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको दुई थरी मूल्य कायम गर्ने तयारी थालेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्याँसमा दुई थरी मूल्य कायम गर्ने तयारी भइरहेको बताउँदै त्यसको लागि एक समिति समेत गठन भएको जानकारी दिनुभयो ।
गरिब घर परिवारलाई सस्तो र धनी परिवारलाई महँगो (सम्भवत परल मूल्यमा) ग्यास बेच्ने गरी मूल्य कायम गर्ने तयारी गरिएको र यसको लागि नापतौल विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन गरिएको उहाँले बताउनुभयो ।
निगम अनुसार अहिले एक सिलिन्डर ग्याँसमा निगमलाई ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको छ । निगमले अहिले प्रति सिलिन्डर १८ सय रुपैयाँमा बिक्री गरिरहेको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोेलमा २१ रुपैयाँ मूल्य बढाए १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएर १९२ रुपैयाँ पुर्याएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको मूल्य वृद्धि अनुरुप नै नेपालमा पनि मूल्य वृद्धि गर्नु परेको बताउँदै थानीले अहिले सबैभन्दा धेरै घाटा ग्याँसमा व्यहोर्नुपरेको बताउनुभएको छ ।