८ मंसिर, २०८१ शनिबार
02:54:58 AM
६ असार, २०७९
सेयर बजार घट्दा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार
काठमाण्डौं । सेयर बजार घट्ने क्रम जारी छ । साताको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ४९.३१ प्रतिशतले घटेर नेप्से परिसूचक १ हजार ८ सय ८४.८१ विन्दुमा बन्द भएको छ । १९ सयमा झरेको नेप्से १८ सयमा झरेको छ ।
यस्तै आज सेयर बजार घट्दा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ भने ६१ लख ८६ हजार ९४१ कित्ता सेयर किनबेच भएका छन् ।
यसैगरी उपसमुहतर्फ सबै घटेका छन् भने कम्पनीहरुमा आधीखोला लघुवित्त वित्तीय संस्थामा सर्किट ब्रेक लागेको छ भने सिवाईसी ९.९८ प्रतिशत र वरिन्टिइल होटलस् लिमिटेड १.४१ प्रतिशतले बढेका छन् ।
लगातार घटिरहेको सेयर बजारका कारण लगानीकर्ता मारमा परेका छन् । सेयर बजार सुधारका लागि लगानीकर्ताहरु सडकमा उत्रिन बाध्य भएका छन् ।