८ मंसिर, २०८१ शनिबार
02:59:30 AM
६ असार, २०७९
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयरबजार ४९ अंकले घटेको छ । सोमबार २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक २.५५ प्रतिशतले घट्दा तेह्रथु पावरको सेयर सर्वाधिक घटेको छ । यसदिन कम्पनीको सेयर १० प्रतिशत (नकारात्मक सर्किट लाएर) सर्वाधिक घट्न पुगेको हो ।
त्यस्तै, सोमबार कालिका पावरको ९.३७ प्रतिशत, रिभर फल्सको ९.२३ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ८.७९ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ८.७० प्रतिशत अंकले घट्न पुगेको छ ।
त्यस्तै सोमबार आँधिखोला लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागिरहेको छ । साथै, सिवाईसी लघुवित्त, ओरियन्टल होटल, सिद्धार्थ इक्विटी फण्ड, नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर ८२, गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।