८ मंसिर, २०८१ शनिबार

03:31:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

६ असार, २०७९

सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय सेयरबजार घट्ने क्रम जारी छ । आइतबार ३७ अंकको गिरावट आएको नेप्से परिसूचक आज (सोमबार) ४९ अंकले घट्न पुगेको हो ।

सोमबार २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ । सोमबार प्रभु बैंकको प्रोमोटर सेयर सर्वाधिक  खरिदबिक्री भएको छ । यसदिन कम्पनीको ११ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सोमबार एनटिसीको १० करोड ९२ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३५ लाख र नबिल बैंकको ४ करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।