१२ मंसिर, २०८१ बुधबार
06:32:24 AM
६ असार, २०७९
अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि पश्चात् कम्पनीले रिटर्न कसरी दिन सकिन्छ भन्ने विषयमा गम्भीर रहेको बताउनुभयो ।
काठमाण्डौं बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले पूँजी वृद्धि पश्चात् बीमा कम्पनीले दिने रिटर्नमा समिति गम्भीर भएको बताउनुभएको छ । रिलायन्स लाइफले नयाँ प्रोडक्ट सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि पश्चात् कम्पनीले रिटर्न कसरी दिन सकिन्छ भन्ने विषयमा गम्भीर रहेको बताउनुभयो ।
सिलवालले पूँजी वृद्धि गराउन फोर्स मर्जरमा कुनै जोड नदिएको स्पष्ट पार्नुभयो । बीमा समितिको निर्देशन बमोजिम चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीलाई मर्जरमा दबाव नदिएको पनि उहाँले बताउनुभयो । बीमाबारे सचेतनामूलक कार्यक्रम बीमा कम्पनीले स्वयम् आफै गर्नुपर्ने उहाँको भनाइ छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले इन्स्योरेन्स भनेको क्लेम भएका बताउनुभयो । बीमा कम्पनीको ब्यूटी भनेको क्लेम (दाबी भुक्तानी) भएकाले रिलायन्सले पनि सोही कुरालाई फ्लो गर्ने सीईओ पोखरेलले बताउनुभयो ।
रिलयान्स लाइफका अध्यक्ष ताराचन्द केडियाले बीमा गरेर पैसा नपाएको कुरा बोर्डले सुनुवाई गर्नुपर्ने बताउनुभयो । रिलायन्स लाइफले ९८ प्रतिशत दाबी भुक्तानी गरेको र बाँकी २ प्रतिशत भने विभिन्न कागजातहरु नपुगेकाले दाभी भुक्तानी हुन बाँकी रहेको अध्यक्ष केडियाले बताउनभुयो ।