८ मंसिर, २०८१ शनिबार
03:38:50 AM
६ असार, २०७९
लगानीकर्ताहरुले बसझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले पूँजी बजारमा देखिएका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ ।
काठमाडौं । पुँजीबजार सुधार र विकासका माग राख्दै आन्दोलनरत लगानीकर्ताहरुले आज (सोमबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्। सेयर लगानीकर्ताले खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले पूँजी बजारमा देखिएका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ । लगानीकर्ताहरुसँगको भेटमा प्रचण्डले अर्थमन्त्री र अर्थसचिवलाई भेटेर तत्काल समस्या समाधानको लागि कदम चाल्ने आश्वासन समेत दिनुभएको छ ।
साथै, उहाँले पूँजी बजारको समस्या समाधानको लागि प्रधानमन्त्री तथा गठबन्धन दलका नेताहरुसँग समेत छलफल गर्ने बताउनुभएको एक लगानीकर्ताले बताउनुभयो । आमरण अनशनरत तिलक कोइरालासँग वार्ता गर्न र समस्या समाधानका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने समेत उहाँले जनाउनुभएको छ ।