१२ मंसिर, २०८१ बुधबार

06:16:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल पुनर्बीमा कम्पनीको नाफा घट्यो, कस्तो छ अन्य सूचक ?

६ असार, २०७९

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिककीकृत) ५.००३ रुपैयाँ, पीई अनुपात २५५.२४ गुणा, प्रतिसेयर नेटवर्थ १५७.३३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६२.५८ रुपैयाँ कायम भएको छ।

नेपाल पुनर्बीमा कम्पनीको नाफा घट्यो, कस्तो छ अन्य सूचक ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। पुनर्बीमा कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने जीवन बीमा व्यवसायबाट ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। आवको दोस्रो त्रैमासको तुलनामा नाफा ४५ दशमलव ७२ प्रतिशतले कमी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ४५ करोड ४३ लाख रुपैयाँ र जीवन व्यवसायबाट ८ करोड २६ लाख रुपैयाँ गरी जम्मा ५३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले कुल रू ५ अर्ब ५८ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको दोस्रो त्रैमाससम्ममा कुल रू ४ अर्ब १२ करोड आर्जन गरेको थियो ।

गत आवको तुलनामा चालू आवमा बीमा कोषको रकम भने ८७ दशमलव ४८ प्रतिशत घटेको छ । कम्पनीको बीमा कोषमा रू २५ करोड ४७ लाख जम्मा भएको छ । गत आवको पुस मसान्तसम्म यो कोषमा रू २ अर्ब ३ करोड ५३ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू ११ अर्ब ६५ करोड पुगेको छ । गत आवको पुस मसान्तसम्म कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ थियो । कम्पनीले १६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गरेसँगै चुक्तापूँजी वृद्धि भएको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले निर्जीवन र जीवन व्यवसायको जगेडा कोषमा रू ४ अर्ब १३ करोड रहेको छ । गत आवको तुलनामा कम्पनीको जगेडा कोषको रकम १८ दशमलव ३८ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिककीकृत) ५.००३ रुपैयाँ, पीई अनुपात २५५.२४ गुणा, प्रतिसेयर नेटवर्थ १५७.३३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६२.५८ रुपैयाँ कायम भएको छ।