८ मंसिर, २०८१ शनिबार

03:34:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छिमेक लघुवित्तले सार्वजनिक गर्यो नयाँ ब्याजदर, निक्षेपमा १२.५ प्रतिशतसम्म ब्याज पाइने

६ असार, २०७९

लघुवित्त कम्पनीले सार्वजनिक गरेको गरेको ब्याजदर अनुसरा बिनाधितो कर्जा अन्तर्गत १० प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदर पाइने छ ।

छिमेक लघुवित्तले सार्वजनिक गर्यो नयाँ ब्याजदर, निक्षेपमा १२.५ प्रतिशतसम्म ब्याज पाइने

काठमाडौं ।  छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । लघुवित्त कम्क्पनीले चालु आर्थिक वर्ष २०७८।०७९ को ब्यादरमा असार ५ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

लघुवित्त कम्पनीले सार्वजनिक गरेको ब्याजदर अनुसार बिनाधितो कर्जा अन्तर्गत १० प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदर पाइने छ । साथै कम्पनीले प्रशासनिक शुल्क १ प्रतिशत देखि १.५ प्रतिशतसम्म् तोकेको छ ।

त्यस्तै, धितो कर्जा अन्तर्गत लघुवित्तले १४.५० प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ भने प्रशासनिक शुल्क सबै खाले कर्जामा १.५०५ निर्धारण गरेको छ ।

लघुवित्तले बचत सेवा अन्तर्गत ६ प्रतिशतदेखि १०.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छन् । साथै सर्वसाधारण निक्षेप अन्तर्गत बचत तथा निक्षेपममा ६ प्रतिशतदेखि १२.५ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ ।