८ मंसिर, २०८१ शनिबार

03:15:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आदर्श लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

६ असार, २०७९

आदर्श लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म मागभन्दा धेरै बढी आवेदन परेको छ ।

सीडीएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकहरुले २ अर्ब १ करोड ४२ लाख ६१ हजार रूपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।