८ मंसिर, २०८१ शनिबार
03:04:27 AM
५ असार, २०७९
काठमाडौं । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज (आइतबार) गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् । जेठ २३ गते देखि निरन्तर आन्दोलनमा उत्रियका लगानीकर्ताहरुले आज (आइतबार) राष्ट्र बैंक अगाडी प्रदर्शन गर्दै गभर्नर अधिकारीलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
पुँजी बजार सुधार सघर्ष समितिले विगतको एमाले सरकारले साढे तीन वर्ष अघि नैर वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदाका बाँकी काम तत्काल पुरा गर्नु पर्नेलगायतका १९ बुँदे माग समावेश गरेर गभर्नरलाई ज्ञापन पत्र बुझाएका हुन् ।
पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोइरालाले विभिन्न १९ बुँदे मागहरुसहित असार १ गते बुधबारदेखि धितोपत्र बोर्ड अगाडी आमरण अनशन बसिरहनु भएको छ। कोइरालाको समर्थनमा लगानीकर्ताले दैनिक रुपमा प्रदर्शनी गर्दै आएका छन् ।