८ मंसिर, २०८१ शनिबार

02:54:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार निरन्तर ओरालो, आइतबार ३७.२७ अंकले घट्यो

५ असार, २०७९

सेयर बजार घट्दा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ भने ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएका छन् ।

सेयर बजार निरन्तर ओरालो, आइतबार ३७.२७ अंकले घट्यो

काठमाण्डौं । सेयर बजार ओरालो लाग्ने क्रममा जारी छ । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो कंले घटेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सेयर बजार ३७.२७ अंकले घटेर नेप्से परिसूचक १ हजार ९ सय ३४.११ विन्दुमा बन्द भएको छ ।

सेयर बजार घट्दा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ भने ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएका छन् ।

यस्तै उपसमुहतर्फ सबै घटेका छन् भने कम्पनीतर्फ आधीखोला लघुवित्त वित्तीय संस्था ९.९९ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड ४.०५ प्रतिशत र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था ४.०२ प्रतिशतले बढेका छन् ।