८ मंसिर, २०८१ शनिबार
02:57:14 AM
५ असार, २०७९
आइतबार एसीसी बैंकको ५ करोड ६४ लाख, सेन्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख, नबिल बैंकको ४ करोड ७ लाख र एनआइसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
काठमाडौं । सातो पहिलो कारोबारको दिन आइतबार सेयरबजारमा उच्च गिरावट आएको छ । शुक्रबार झिनो अंकले घटेको सेयरबजार आज (आइतबार) ३७ अंकले घटेको छ । आइतबार २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेपाल टेलिकमको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको आइतबार एकैदिन १० करोड २९ लाख ८९ हजार ७६१ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, आइतबार एसीसी बैंकको ५ करोड ६४ लाख, सेन्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख, नबिल बैंकको ४ करोड ७ लाख र एनआइसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।