८ मंसिर, २०८१ शनिबार

03:28:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्कासनको पर्खाइमा २५ कम्पनीहरु, बोर्डबाट कहिले पाउँछन् अनुमति ?

५ असार, २०७९

धितोपत्र बोर्डका अनुसार निष्काशन स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरुले ५ अर्ब १६ करोड ३२ लाख ४५ हजार ४ सय रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न आवेदन दिएका हुन् ।

आईपीओ निष्कासनको पर्खाइमा २५ कम्पनीहरु, बोर्डबाट कहिले पाउँछन् अनुमति ?

काठमाडौं । आईपीओ निष्कासनको अनुमति माग्दै विभिन्न २५ कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । हालसम्म धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि स्वीकृतिको पर्खाइमा २५ वटा कम्पनीहरु रहेका छन् ।
आईपीओ निष्काशनको पर्खाइमा रहेका अधिकांश हाइड्रोपावर कम्पनीहरु रहेका छन् । आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १३ वटा हाइड्रोपावर, पाँच वटा लघुवित्त र अन्य समूह अन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल र सिटी होटल्स लगायतका कम्पनीहरु रहेका छन् ।

धितोपत्र बोर्डका अनुसार निष्काशन स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरुले ५ अर्ब १६ करोड ३२ लाख ४५ हजार ४ सय रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न आवेदन दिएका हुन् ।

आईपीओ निष्काशनको लागि पाइपलाइनमा रहेका कम्पनीहरु निम्न रहेका छन्ः

१. अभियान लघुवित्त वित्तीय संस्था

अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ ।

२. आत्मनिर्भर लघुवित्त वित्तीय संस्था

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासन गन बोर्र्डमा निवेदन दिएको छ । बोर्डमा अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

३. खप्तड लघुवित्त वित्तीय संस्था
 
खप्तड लघुवित्त वित्तीय संस्थाले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गर्ने छ ।  

४.श्रजनशील लघुवित्त वित्तीय संस्था

श्रजनशील लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  

५.धौलागिरी लघुवित्त वित्तीय संस्था

धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनका गर्न बोर्डमा निवेदा दिएको छ । बोर्डले स्वीकृति दिएसँगै लघुवित्त कम्पनीले साधारण सेयर आईपीओ निष्काशन गर्ने छ ।

६.रिलायबल लाइफ इन्स्योरेन्स

रिलायबल लाइफ इन्स्योरेन्स कमपनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ इन्स्योरेन्स कमपनीले प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएसँगै ११२ रुपियाँ अंकित दरमा सर्वसाधारणमा आईपीओ जारी गर्ने छ ।  

७. आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको लागि बोर्डमा पाइपलाइनमा रहेको छ ।

८.डिस मिडिया नेटवर्क लिमिटेड

डिस मिडिया नेटवर्क लिमिटेडले आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ ।  बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्नेछ ।
 
९.मुक्तिनाथ कृषि कम्पनी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनील४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता र्आपीओ निष्काशन गर्ने छ ।

१०. कालिन्चोक दर्शन

कालिन्चोक दर्शनले स्थानीय र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने छ ।
 
११. हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेड

हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ ।

१२. सिटी होटल्स कम्पनी

सिटी होटल्सले १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा पाइप लाइनमा रहेको छ । बोर्डबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरुको आईपीओका लागि थप प्रक्रिया अघि बढ्नेछ ।

१३.कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बोर्डबाड अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाउने छ ।

१४. एशियन हाइड्रोपावर लिमिटेड

एशियन हाइड्रोपावर लिमिटेडले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईओ निष्काशनको लागि बोर्डको पर्खाइमा रहेको छ ।

१५. बाराही हाइड्रो पावर कम्पनी

बाराही हाइड्रो पावर कम्पनी पनि ७० करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आईपीओ निष्कासनको लागि पाइपलाइनमा रहेका छ ।

१६. पिपुल्स हाइड्रोपावर कम्पनी

पिपुल्स हाइड्रोपावर कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

१७. मायाखोला हाइड्रोपावर

मायाखोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ ।

१८.भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्काशन गर्ने छ ।

१९. मकर जितुमाया सुरु हाइड्रो पावर

मकर जितुमाया सुरु हाइड्रो पावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ ।

२० .मोलुङ हाइड्रोपावर कम्पनी

मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाउने छ ।

२१. थ्री स्टार हाइड्रोपावर लिमिट

थ्री स्टार हाइड्रोपावर लिमिटेडले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ ।

२२. स्टर्न हाइड्रोपावर लिमिटेड

स्टर्न हाइड्रोपावर लिमिटेडले १२ करोड ४० लाख बराबरको १२ लाख ४० हजार कित्ता आइपीओ जारी गर्न बोर्डमा निवेदन दिएको छ ।

२३.सिलेक्स हाइड्रोपावर लिमिटेड

सिलेक्स हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ जारी गर्न बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

२४. सुपरमाई हाइड्रोपावर लिमिटेड

सुपरमाई हाइड्रोपावर लिमिटेडले १० करोड रुपैयाँ बराबरको १९ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ ।

२५. सान्जेन जलविद्युत्त् कम्पनी

सान्जेन जलविद्युत्त् कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बोर्डले अनुमति दिएमा कम्पनीले आईपीओ निष्काशन गर्ने छ । यी सबै कम्पनीहरुले धितोपत्र बोर्डबाट अनुमति पाएसँगै आईपीओ निष्काशन गर्ने छन् ।