८ मंसिर, २०८१ शनिबार

03:36:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिम्याट खाता नविकरण गर्न सानिमा क्यापिटलका सेयरधनीलाई आग्रह

५ असार, २०७९

हितग्राहीहरुले सानिमा क्यापिटल लिमिटेड तथा सानिमा बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरूबाट भुक्तानी गर्न सक्नेछन् ।

डिम्याट खाता नविकरण गर्न सानिमा क्यापिटलका सेयरधनीलाई आग्रह

काठमाडौं ।  सानिमा क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण गर्न अनुरोध गरेको छ । क्यापिटलले सानिमा बैंक लिमिटेडमा डिम्याट खाता खोलेका हितग्राहीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

सानिमा क्यापिटल लिमिटेड तथा सानिमा बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन कम्पनीले आग्रह गरिएको हो ।

हितग्राहीहरुले सानिमा क्यापिटल लिमिटेड तथा सानिमा बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरूबाट भुक्तानी गर्न सक्नेछन् । साथै इसेवा, खल्ती, आइएमई पे र कनेक्ट आइपिएसबाट समेत भुक्तानी गर्न सकिनेछ । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।