८ मंसिर, २०८१ शनिबार

03:09:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छुट्ला है ! आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

५ असार, २०७९

छुट्ला है ! आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार ५ गते) अन्तिम दिन रहेको छ।

 कम्पनीले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ३ हजार ३५० कित्ता ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर ९०।५ प्रतिशत० कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्तारुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असार ६ गते र ढिलोमा असार १५ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

लगानीकर्ताले सी–आस्बा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।