१२ मंसिर, २०८१ बुधबार

08:06:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एशियन लाइफ इन्स्योरेन्सको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

५ असार, २०७९

एशियन लाइफ इन्स्योरेन्सको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

नियमअनुसार प्रथम चरणमा उक्त सेयर संस्थापक सेयरधनीहरुलाई नै बिक्री गनुपर्ने भएकोले विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय एशियन लाइफ भवन, मैतीदेवि, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएको छ ।