८ मंसिर, २०८१ शनिबार
07:19:06 AM
५ असार, २०७९
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले स्थानीयका लागि १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ बिक्री खुला गर्नेछ। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र गोसाइँकुण्ड वडा नं १ थुमन र वडा नं। २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं ३ बृद्धिम, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रुबेसी र वडा नं ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरु)ले आवेदन दिन सक्नेछन्।
बिक्री खुला गरेको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँड हुने कम्पनीले जनाएको छ। आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ७०० कित्ता सेयर लागि छिटोमा असार २७ गते र ढिलोमा साउन १० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
स्थानीयले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।