१२ मंसिर, २०८१ बुधबार

08:27:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूँजी बृद्धिको प्रस्तावसहित रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

५ असार, २०७९

पूँजी बृद्धिको प्रस्तावसहित रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। असार ३ गते शुक्रबार बसेको  इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । सोही  निर्णय अनुसार कम्पनीको विशेष साधारणसभा असार २० गते काठमाडौंको शंखमुस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। पुँजी वृद्धिपछि सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्तावित पारित गर्नेछ।

 साथै सभाले अन्य कुनै जीवन बीमा कम्पनी आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ असार १० गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् ।