८ मंसिर, २०८१ शनिबार

07:23:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर लगानीकर्ताले आज राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने

५ असार, २०७९

सेयर लगानीकर्ताले आज राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने

काठमाडौं । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज (आइतबार) नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने भएका छन्। जेठ २३ गते देखि निरन्तर आन्दोलनमा उत्रियका लगानीकर्ताहरुले आज (आइतबार) राष्ट्र बैंक अगाडी प्रदर्शन गर्न लागेका हुन् । पूँजीबजारको विकास सुधारका लागि विभिन्न १९ बुँदे माग सहित सेयर लगानीकर्ताहरु आन्दोलित छन् ।

पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोइरालाले  विभिन्न १९ बुँदे मागहरुसहित असार १ गते  बुधबारदेखि धितोपत्र बोर्ड अगाडी आमरण अनशन बसिरहनु भएको छ। संयोजक कोइरालाको अनसनसँगै लगानीकर्ताहरुले विभिन्न अन्य दवाबमुलक कार्यक्रमहरु पनि गरिरहेकाछन् ।

आइतबार १२ः३० बजे नक्सालको भाटभटेनीमा जम्मा हुने र त्यहाँबाट प्रदर्शन गर्दै राष्ट्र बैंक लगाडी गएर बिरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको  स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बताउनुभयो ।