८ मंसिर, २०८१ शनिबार

08:02:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ३ कम्पनीको सेयर सुचिकृत, कुनको कति ?

५ असार, २०७९

नेप्सेमा ३ कम्पनीको सेयर सुचिकृत, कुनको कति ?

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता ३ कम्पनीको सेयर सुचिकृत भएको छ । गत साता नेप्सेमा सुचिकृत भएका ३ कम्पनीमध्ये २ कम्पनीको बोनस सेयर सुचिकृत भएको हो भने १ कम्पनीको आईपीओ ।

१. नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.४८ प्रतिशत बोनस बापतको १० लाख ६१ हजार २ सय २४ दशमलव २६ कित्ता सेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

२. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको १६ लाख ८० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको चैत्र ३०  गते बुधबार सम्पन्न भएको २०औं वार्षिक साधारण सभाले कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

३. रिभर फल्स पावर कम्पनी लिमिटेड

नेप्सेमा रिभर फल्स पावर कम्पनी लिमिटेडको ७० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८७ रूपैयाँ ९८ पैसादेखि अधिकतम २ सय ६३ रुपैयाँ ९४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।