१७ बैशाख, २०८१ सोमबार

08:02:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसीसी महिला टी–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल विजय

Nepal Business

४ असार, २०७९

शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन दियो ।

एसीसी महिला टी–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल विजय

काठमाण्डौं । एसीसी महिला टी–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ ।  नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।

शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन दियो ।

कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १४ रन बन्न पुग्यो ।  नेपालकी सीता रानामगरले २, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले ११ विकेट लिनुभयो ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माबीच ६० रनको साझेदारी गरियो । रुविनाले २७ बलमा ४ चौकासहित ३४ र इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहनुभयो ।

यसैगरी ओपनर विन्दु रावलले ११ र ज्योति पाण्डेले १५ रन जोड्नु भयो । बलिङतर्फ कुवेतका लागि मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट  लिनुभयो । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिनुभयो । खदिजा खालिलले एक विकेट लिनुभयो ।